(नेत्र बिक्रम बिमली )
जलथल क्षेत्रमा खान योग्य पानी नभएको र सबैलाई शुद्ध खाने पानी खुवाउने उदेश्यले शुरु गरिएको खानेपानी कार्यक्रमले ढिलै भएपनी गति लिएपछि जलथल बासी शुद्ध पानी खान पाउने भएकोमा खुसी छ्न ।
जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नयाँ नेतृत्व पाए सगै ४ महिनाको अबधिमा २२ हजार मीटर पाइप विछ्याइ सकेको छ भने १५ सय मिटर पाइप विछ्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष नवराज खरेलले जानकारी दिएका छ्न ।
साविक जलथलका प्रत्येक परिवारमा ६ महिना भित्रमा खानेपानी जडान गरिसक्ने उदेश्य लिएको उपभोक्ता समितिलाई गाउँ पालिकाबाट समेत ५० लाख बराबरको अनुदान सहयोग हुने छ । डिभिजन खानेपानी प्रदेश नम्बर १ को आर्थिक सहयोगमा शुरु गरिएको जलथल खानेपानी संचालन गर्न करिब ३ करोड खर्च भइ सकेको छ भने हालैमात्र पाइप बिस्तार गर्न ४० लाख उपलब्ध गराएको अध्यक्ष नवराज खरेलले बताए ।
४ लाख ५० हजार लिटर क्षयमता भएको खानेपानी संचालन भए सगै ३२० धारा समेत जडान भइ सकेका छ्न । उपभोक्ता समितिका अध्यक्ष खरेलका अनुसार यहि परियोजनाले ३ हजार घरपरिवारलाई खानेपानी पुग्ने र सबैलाई समितिको सदस्य तथा खानेपानीको धारा जडान गर्न समेत आह्वान गरेका छ्न ।