Aamsanchar

अन्तर्राष्ट्रिय सनातन धर्मसभा काठमाडौँमा

Author Image
आइतवार, भदौ ५, २०७३

काठमाडौँ ।

राप्रपा नेपालले आउँदो कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सनातन धर्मसभा गर्ने भएको छ ।
पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा गठित धर्मसभा आयोजक समितिमा पार्टी केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समितिका सदस्य, अञ्चल संयोजक, काठमाडौँ उपत्यकाका जिल्ला अध्यक्ष र पार्टी निकट भ्रातृ सङ्गठनका प्रमुख रहने व्यवस्था गरिएको छ ।
प्रवक्ता राजाराम श्रेष्ठका अनुसार हिन्दू जागरणका लागि गर्न लागिएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय तहबाट समेत हिन्दूवादी सङ्घसंस्था तथा धार्मिक गुरुको सहभागिता रहनेछ ।

जनतालाई मुलुकको समसामयिक परिस्थितिका बारेमा जानकारी गराउन घरदैलो कार्यक्रम र स्थानीय तहको निर्वाचनका बारेमा दबाब सिर्जना गर्ने उद्देश्यले चाँडै ‘राष्ट्रिय सङ्कल्प अभियान’ समेत सञ्चालन गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर