Aamsanchar

उद्यमशिलतामा महिलाहरुलाई जोडदै बाहुण्डाँगी जेसीज

Author Image
बुधवार, जेठ १५, २०७६

बाहुण्डाँगी । कि आर्थिक न्याएको सर्वोतम उपलब्धी, स्वतन्त्र मनुश्यको स्वतन्त्रता द्वारा हुन सक्दछ भन्ने आफ्नो उदेश्य मन्त्र भित्र रहेको शिधान्तलाई स्थापित गर्न बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवशसी तालिम अन्तर्गत आठौँ तालिम बुधवार उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ ।

मेची उद्योग वाणिज्य संघको संयोजन तथा धुलावारी जेसीज र मेचीनगर लेडी जेसीजको आतिथ्यतामा सम्पन्न तालिममा सहभागीलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर भोलेश्वर दुलालले प्रशिक्षण गराउनु भएको थियो । मेची उद्योग वाणिज्य संघको सहभालमा सम्पन्न तालिममा मेचीनगरका ६५ जना व्यवसायहरुको सहभागिता रहेको थियो ।

गत बैशाख १८ गतेबाट सुरु भएको तालिम अन्तर्गत यो अन्तिम तालिम हो । अब शुक्रवार मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला सहित कार्यक्रमको समापन हुनेछ ।

बाहुण्डाँगी जेसीजका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिना, सञ्जिवनी महिला विकास संस्थाकी अध्यक्ष रेनुका डाँगीले बाहुण्डाँगी जेसीजले समाजमा रहेका हरेक व्यक्तिहरुलाई समेटेर एक महिनासम्म तालिम सञ्चालन गरेर समाजमा एउटा अब्बल उदाहरण पेश गरेको बताउँनु भयो ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल, मेचीनगर लेडी जेसीजकी पूर्व अध्यक्ष शोभा श्रेष्ठ, टिका सुवेदी, धुलावारी जेसीजका पूर्व अध्यक्ष गोपाल बस्नेत, बाुहण्डाँगी जेसीजका पूर्व अध्यक्ष बद्री निरौला, मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष विना तामाङ, सचिव रबिचन्द्र नेपाल, सदस्य, अञ्जु थापा, राजु पोद्धार, सन्दिप ओली, महिला नेतृहरु जानुका ओली, रचना घिमिरे, मिना गजमेरलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मेचीनगर लेडी जेसीजकी अध्यक्ष मञ्जु खनालले आस्थापाठ गर्नु भएको थियो । मातृ शाखा धुलावारी जेसीजका निवर्तमान अध्यक्ष नारायण खनालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर