Aamsanchar

मानसिक रोग पनि अपराधको कारण

Author Image
शनिवार, जेठ १८, २०७६

काठमाडौँ।

भोजपुरमा दुईवर्षको सन्तानलाई ‘रोएर दुःख दिएको निहुँ’ मा आमाले धारिलो हतियार प्रयोग गरी गर्धन छिनाएको घटनाले धेरैलाई स्तब्ध बनाएको छ ।

जिल्ला सदरमुकाम भोजपुर बजार पानीट्याङ्की बस्दै आएकी २५ वर्षीय सम्झना थापाले छोरा सम्बोधनको मङ्गलबार बिहान त्रूmर ढङ्गले हत्या गरेको प्रहरीसँंगको वयानमा स्वीकारेकी हुन् । दुःख गरी जन्माएको र हुर्काएको सन्तानलाई यति निर्ममढङ्गले हत्या गर्नुमा डिप्रेसन (मानसिक रोग) मुख्य समस्या देखिएको छ । आफन्तहरूका अनुसार, अभियुक्त सम्झनालाई डिप्रेसन भएको थियो ।

ललितपुरको गोदामचौर इँटाभट्टामा मजदुरी गर्दै आएका ४२ वर्षीय जयबहादुर वाइवा गत वैशाख १० गते ४१ वर्षीय श्रीमती मनमायाको गर्धन छिनाएर टाउको बोकेर सडकमा हिँडिरहेको अवस्थामा भेटिए । ‘बारम्बार किचकिच, आज त टाउको छिनाए’ भनेर बर्बराउँदै हिँडिरहेका वाइवालाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । यस्ता त्रूmर हत्या हुनुमा ‘डिप्रेसन’ प्रमुख समस्याको रूपमा देखिएको छ ।

त्यस्तै, पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा जेठ ७ गते राति ७५ वर्षीय बमबहादुर फियाक र उहाँका ज्वाइँ धनराज शेर्माको परिवारका नौ सदस्यहरूको बीभत्स हत्या घटनाले सबैलाई स्तब्ध बनाइ दियो । हत्याका मुख्य आरोपित बमबहादुरको कान्छो ज्वाइँ मानबहादुर माखिमको आत्महत्याले घटनालाई थप रहस्यमय बनाएको छ । औषधि किन्न बजार हिँडेका मानबहादुर भोलिपल्ट मृत भेटिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, ससुरा बम बहादुर र ज्वाइँ धनराजको परिवारको हत्यामा मानबहादुरको संलग्नता देखिन्छ । अनुसन्धानमा संलग्न ब्यूरो प्रहरी उपरीक्षक उमाराज चतुर्वेदीले मानबहादुरमा पारिवारिक समस्याका अतिरिक्त ‘मानसिक समस्या’ देखिएको बताउनुभयो । ‘डिप्रेसनको औषधि खान थालेको दुईवर्ष बितिसकेको रहेछ’ उहाँले भन्नुभयो, ‘मानबहादुरको खल्तीबाट औषधि किन्न आफन्तबाट मागेको चारहजार ५० रुपियाँ बरामद भएको छ ।’

ललितपुरको ढोलाहिटीमा पनि गत वैशाख २६ गते यस्तै प्रकृतिको अपराध भएको छ । म्युजिक एरेन्जर उज्ज्वल महतले भाइबुहारी अञ्जनाको बीभत्स ढङ्गले हत्या गरेको स्वीकार गरेका छन् । अञ्जनाको हत्यामा पारिवारिक कारण देखिए पनि ‘डिप्रेसन’ पनि एउटा कारण हुन सक्ने मनोविज्ञहरू बताउँछन् । उल्लेखित चारवटा अपराधका घटना योजनाबद्ध तथा सुनियोजित ढङ्गले भएका होइनन्, मानसिक अस्पताल पाटनका मनोचिकित्सक अनन्तप्रसाद अधिकारीले भन्नुभयो, ‘पेशेवार अपराधीको उद्देश्य नै अपराध गर्ने र भाग्ने हुन्छ ।’

योजनाबद्ध तथा सुनियोजितढङ्गले गरिने अपराधमा अभियुक्त फरार हुन्छन् तर मानसिक रोगबाट प्रभावितहरूबाट हुने अपराध अभियुक्तले सहजै स्वीकार्छन् वा आत्महत्याको बाटो रोज्छन् । अधिकांश बीभत्स र त्रूmर अपराधमा मानसिक रोगीको संलग्नता हुने गरेको पाइएको छ । कडा खाले मानसिक रोगीहरू सडकमै आउँछन भने ‘डिप्रेसन’ भएकाहरू जघन्य अपराधमा संलग्न हुन्छ । बढी इगो परिवार तथा नातेदारसँग हुने भएकाले दुखद घटना पनि परिवारभित्रै हुने गरेको छ ।

आत्तिने, डराउने, तर्सिने, बर्बराउने, व्यवहारमा दुश्चक्र, निद्रामा समस्या र हिष्टेरिया जस्ता लक्षण देखापर्ने वित्तिकै उपचारका लागि अस्पताल लैजानपर्ने सुझाव चिकित्सकको छ । मनोचिकित्सक अधिकारी यस्ता रोग नियमित औषधि उपचार गर्दा निको हुन्छ भन्नुहुन्छ ।
औषधि खाने र छोड्ने गर्दा भने जटिल बन्दै जान्छ । यस कारण त्रूmर र बीभत्स हत्या घटना दोहोरिन्छन । प्रेम, पारिवारिक, आर्थिक तथा लागूऔषधको कुलतका कारण मानसिक रोगको समस्या देखिएको छ ।

मनोविद् गोपाल ढकाल आत्महत्या पनि मानसिक रोगको एक कारण भएको बताउनुहुन्छ । मानसिक रोगीले जहिले पनि आफूलाई राम्रो, इमानदार मानिसका रूपमा चित्रित गर्छ र त्यसको मुख्य कारण अतिभ्रम हो । यही भ्रममा परी सामान्य पारिवारिक कलहलाई लिएर विरामीले आफन्तमाथि आक्रमण गर्छन् । परिवारका सदस्यहरूले पनि समयमा नै औषधि उपचार नगर्ने र औषधि प्रयोगमा हेलचेक्रयाई गर्दा निर्ममढङ्गको अपराध हुने गरेको भनाइ उहाँको छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार, २५ देखि ३० लाख नेपालीहरूमा मानसिक रोगको समस्या रहेको देखाएको छ । तीमध्ये तीनलाखमा कडाखाले देखिएको छ । प्रत्येक वर्ष आत्महत्या गर्नेहरू मध्ये करिब पाँचहजारमा डिप्रेसनको समस्या देखिएको छ । मानसिक रोगको मनोवैज्ञानिक, औषधि र विद्युतीय उपकरणबाट उपचार हुने गर्छ ।-देवबहादुर कुँवर/ गोरखापत्र दैनिकबाट

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर