Aamsanchar

रेलले किच्दा दुई झापालीको मृत्यु, एक घाइते

Author Image
आइतवार, जेठ १९, २०७६

झापा,

आफ्न्त भेटघाटका लागि भारतको बाघपुल नजीक मङ्पु पुगेका एक बालकसहित दुईजना नेपालीको भारतमा रेलले किचेर शनिबार मृत्यु भएको छ । मृत्युहुनेमा झापा जिल्ला मेचीनगर नगरपालिका—७ निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र ११ वर्षीय रोहन श्रेष्ठ रहेका छन् ।

मृत्यु हुने दुवै जना बाबु छोरा हुन् । घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन् । उनीको शरीरको पछाडीको भागमा गम्भीर चोट छ । उपचारका लागि डम्बरीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए ।

उनका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चारजनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेको थियो । विहानको खाना खाएर रेलको लिक नजीकै रुखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जादा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ । आमा गएको देखेर कान्छो छोरा रोहन पछि पछि कुदेर जादा रेलले भेटेको थियो । उनलाई रेलले किच्दा शरीर दुई टुक्रा भएको थियो । इन्द्रको शरिरका विभिन्न भागमा चोट थियो । जेठो छोरा भने अलि पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ ।

भारतीय प्रहरीले सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव आफ्न्तलाई बुझाएको थियो । भारतको उक मेडिकल कलेजमा पोस्ट मार्टम पश्चात आइतबारमात्र बाबु छोराको शव नेपाल ल्याइएको थियो । बाबु छोराको यस्तो घटनाले मेचीनगर— ७ स्थित भान्सा खोला शोक मग्न बनेको छ । घटनाको खवर सुनेदेखि डम्बरी अचेत झै छन् । अन्य परिवारको घरको चुल्होमा आगो बलेको छैन् ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर