काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द र हडताल गर्न पूर्ण रुपमा प्रतिबन्द गराउने चेतावनी दिएका छन्।

मन्त्री पण्डितले बन्द र हडताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि स्पष्ट पारे। आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै इमान्दार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि बताए। मन्त्री पण्डितले ट्रेड युनियनमा आवद्ध हुने कर्मचारीहरुले डयूटी नगरे पनि हुने मान्यता सरकारलाई स्विकार्य नहुने पनि दोहोर्याए।

Views: 244

