Aamsanchar

कनकाई उद्योग वाणिज्य संघ चुनावमा धाधली भएको उपविजेता समूहको आरोप

Author Image
सोमवार, भदौ ६, २०७३

_MG_1084

हिजो सुरुंगामा आयोजित पत्रकार सम्मेलमा फर्जी मतदाता भएको भन्दै विवरण सार्वजनिक गर्दै अध्यक्ष पदका उपविजेता लिलाप्रसाद चिमरिया ।

 

१ सय भन्दा बढी नक्कली मतदाता बनाएर निर्वाचन गरिएकाले यो नेतृत्व खारेज हुनुपर्छ भन्ने माग गरिएको छ । नामावलीमा भएका जम्मा  मतदाता ९ सय २३ जना, नामवलीमा गन्ती गर्दा जम्मा मतदाता ९ सय २० जना, परिचयपत्र बाँडिएको जम्मा संख्या ९ सय २२ जना नामथरमा दुई थान परिचय–पत्र नदिएको ५ जना भेटिएकोले निर्वाचनमा धाँधली भएको विपक्षी समुहको आरोप छ ।

फर्म बन्द भएका, एकै पान नं मा दुईजना नाम भएका ६ वटा, पान नं. नै नभएका, मरेको मान्छेको नाममा पनी मतदान परिचय पत्र गरि सय जना भन्दा बढी फर्जी   पतदाता भएको बताईएको छ । निर्वाचनवाट ८ सय ८५ मत खसेको बताईएको छ । जम्मा ९ सय ९ जना मतदाता भएको समेत सो पत्रकार सम्मेलनमा जानकारी दिईयो । स्थायी लेखा नम्बर नै गलत बनाएर निर्वाचन प्रकृयामा सहभागी भई नक्कली, नाम र ठेगाना बनाउदै निर्वाचन गराईएकाले सो निर्वाचन बदर गरी कानूनी कार्वाही अघि बढाउन जिल्ला प्रशासनमा उजुरी गरिएको पत्रकार सम्मेलनमा जनाईएको  छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१