उर्लाबारी,

मोरङको केराबारी गाउँपालिका–३ का वडासदस्य आइतसिंह मगरको बसेको ठाउँमै सोमबार निधन भएको छ ।

वडा कार्यालयको कामको सिलसिलामा केराबारी–३ रामपुरमा सर्जमिन मुचुल्का गर्न गएको बेला वडासदस्य मगरको मृत्यु भएको होे ।
फिल्डमा पुगेर केही कुराकानी गर्दागर्दै बिस्तारै ढलेका मगरको केहीबेरमै मृत्यु भएको स्थानीयबासी महेन्द्र मगरले बताए ।

नेपाली कांग्रेसको तर्फबाट वडासदस्यमा निवार्चित मृतक मगरका एक छोरा, एक छोरी र श्रीमती छन् । उनी सपरिवार भोगटेनीको झिजेमा बस्दै आएका थिए ।
Views: 112

