Aamsanchar

‘रुट परमिट’ विनै सञ्चालित ४४ गाडी प्रहरी नियन्त्रणमा

Author Image
सोमवार, भदौ ६, २०७३

रत्ननगर:  

bus-pokhara

चितवनमा ‘रुट परमिट’विनै र एकठाउँको ‘परमिट’ लिएर अर्काे ठाउँमा गाडी सञ्चालन भएको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार परमिट विना नै गाडी चलाइएको पाइएपछि कारबाही थालिएको छ।

पर्यटक बोक्ने भनेर अनुमति लिएका गाडीले समेत अन्य यात्रुलाई चढाउने गरेको भेटिएपछि प्रहरीले यस्ता गाडीको समेत निगरानी थालेको प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए। ट्राफिक प्रहरी कार्यालय चितवनले रुट परमिट विना नै यातायात सञ्चालन गरेको पाइएपछि यस्ता गाडी सञ्चालनमा रोक लगाएको हो।

जिल्लामा अभियान नै चलाएर अनुमति नलिएका गाडी सञ्चालनमा रोक लगाइएको र कारबाहीसमेत थालिएको भेटवालले जानकारी दिए। उनका अनुसार दक्षिण चितवनको माडी क्षेत्र भएर चल्ने माडी ठोरी हुलाकी सडकका गाडी कार्वाहीबाट बढी प्रभावित भएका छन्।

जिल्लामा अहिलेसम्म ४४ वटा गाडीलाई अहिले कारबाही गरिसकिएको छ र अभियान अझै जारी छ। भेटवालका अनुसार अनुमति नभएकालाई मात्र होइन, विदेशी पर्यटक बोक्ने भनेर स्वदेशी बोकेका तथा एउटा क्षेत्रमा परमिट लिएर अर्काे क्षेत्रमा चलाइएका गाडीलाई समेत कारबाही थालिएको छ।

सरकारले पर्यटक बस भनेर विदेशी बोक्नका लागि भन्सारदर नै घटाएको हुन्छ। यसरी छुटमा गाडी ल्याएर अन्य सर्वसाधारण मान्छे बोक्न नपाइने भेटवाल बताउँछन्।  यातायात व्यवसायी हितमान गुरुङले आफूहरुले पटक पटक अनुमति माग गरेको भए पनि सरकारले उपलब्ध गराउन ढिलाइ गरेको बताए।

दक्षिण माडीमा वीरगन्जको अनुमति पाएका गाडी सञ्चालन हुँदै आएका छन् । कारबाही थालिएपछि अहिले ग्रामीण क्षेत्रमा गाडी सञ्चालन भएका छैनन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१