Aamsanchar

दुर्घटनामा एक जनाको मृत्यु

Author Image
मङ्गलवार, भदौ ७, २०७३

इनरुवा ।download (1)

सुनसरीको दुहबीभलुवा नगरपालिका–४ स्थित कोसी राजमार्गमा सोमबार राति नम्वर नखुलेको सवारी साधनको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

को ३ प ८३९९ नम्बरको मोटरसाइकललाई पहिचान हुन नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक दुहबीभलुवा नगरपालिका–१० बस्ने ३५ वर्षीय काशीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर फरार भएको सवारी साधन कार वा अन्य सानो सवारी साधन रहेको हुनसक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

Views: 157

प्रतिक्रिया (०)