Aamsanchar

महिलाहरुको रु साढे चार करोड ठगेर कुवँर फरार

Author Image
मङ्गलवार, भदौ ७, २०७३

thagi

फलेवास (पर्वत) ।

पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् ।

कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर रु ४ करोड र ६० तोला भन्दा बढी सुनका गरगहना ठगी फरार भएकी हुन् ।

कँुवरले बिभिन्न बहानामा बुटवल मिलनचोक वरपरका महिलाहरुबाट नगद र गहनासहित साउन २२ गतेदेखि फरार भएको पीडितले बताएका छन् । कँुवरले श्रीमान्लाई रोजगारीका लागि बिदेश पठाउन विमानस्थल जान्छु भनेर हिँडेपछि सम्पर्कबिहीन भएको पीडित प्रेमा श्रेष्ठले बताउनुभयो ।

‘आमालाई ब्लड क्यान्सर भएको छ, उपचारका लागि दिल्ली लैजानुपर्छ भनेर मसँग पैसा मागेकी हुन्’ कुँवरको खोजी गरिरहनुभएकी श्रेष्ठले भन्नुभयो –‘नगद ठगेर भाग्ने योजना रहेछ, हामीले बिश्वास गर्दा धोका पायौँ ।’

बुटवल मिलनचोकमा चार वर्ष पहिलेदेखि बस्न थालेकी कुँवरले त्यस क्षेत्रमा महिलाहरुको मन जितेको र विश्वासमा परेर सबैले रकम दिएको बताएका छन् । एक जनाको रु ५० लाखसम्म ठगी गरेको पीडितले बताएका छन् । कतिपयसँग तमसुक गरेर रकम लिएको र कतिपयलाई नगद फिर्ता दिन चेकसमेत दिएर फरार भएको पीडितहरुले बताए । पीडितहरुले अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा उजुरीसमेत दिएको श्रेष्ठले बताउनुभयो ।

कुँवरले नेपाल टेलिकम पर्वतमा दुईवर्ष जति कार्यालय सहयोगीको रुपमा समेत काम गरेकी थिइन् । कुस्माबजारमा समेत विभिन्न ठगी गरेको आरोपमा महिलाहरु कारबाहीमा पर्न थालेपछि रातरात भागेर उनी बुटवल पुगेकी थिइन् । पर्वतको कुस्मामा रु १० लाखभन्दा बढी ठगी गरेपछि उनी फरार भएकी थिइन् ।

पर्वतको धाइरिङ्ग गाविस–९ मा माइती भएकी कुवँर कुस्माबजारमा एसएलसी परीक्षा दिन आएको बेला स्थानीय विनोद कुँवरसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोरीसमेत छन् ।

पर्वतको कुस्माबजारमा एक वर्ष पहिले पनि कमला लामा वाईवा नाम गरेकी एक महिलाले रु ३ करोडभन्दा बढी ठगी गरेर भागेकी थिइन् । ढिकुटी, सापटी र ऋणसमेत गरी रकम उठाएकी उनी हालसम्म फरार छन् ।

स्थानीय रुपमा घर बनाउने ठेकेदारको रुपमा काम गर्ने श्रीमान् र श्रीमती दुबै फरार भएपछि सर्वसाधारणको बिचल्ली भएको छ । पीडितहरुले उजुरी दिएपनि अहिलेसम्म अभियुक्तलाई प्रहरीले पक्रन सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१