Aamsanchar

फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाएको पर्दाफास

Author Image
मङ्गलवार, भदौ ७, २०७३

sex

बिर्तामोड।

होटल सञ्चालक योगचन्द्र आङदाम्बेसहित थप एक जोडीलाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।
प्रहरीले योसागै चार दिनमा विभिन्न होटलबाट सञ्चालकसहित ३३ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका केहीलाई अनुसन्धानपछि छाडेको छ भने बााकीलाई सार्वजनिक मुद्दा दर्ता गरेर कार्वाही प्रक्रिया अघि बढाएको छ । बिर्तामोडस्थित कस्तुरी होटलबाट सोमवारसााझ एक जोडीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधु थापाको नेतृत्वमा गएको प्रहरीको टोलीले यौनजन्य गतिविधिमा संलग्न भएकै बेला पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरी निरीक्षक थापाले बताए । पक्राउ परेका उनीहरुको नाम सार्वजनिक गरिएको छैन । बिर्तामोडमा सञ्चालित होटलमा प्रहरीकै मिलेमतोमा यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि प्रहरीले होटल–होटलमा छापामारेर यौनजन्य गतिविधिमा संलग्नलाई पक्राउ गर्न थालेपछि अहिले केही होटल व्यवसायीको भागारेभाग भएको छ ।
होटलमा प्रहरीले दिनहुा छापा मार्न थालेपछि अहिले घर तथा फ्ल्याट भाडामा लिएर कन्ट्याकमा यस्तो कार्य गराउादै आएको एक होटल व्यवसायीले बताए । होटलको सम्पर्कमा आएका उनीहरुलाई कन्ट्याकमा पठाउने गरेको बताइएको छ । प्रहरीले गृहिणीदेखि डाक्टरसम्मलाई रंगेहात पक्राउ गरेपछि यौनजन्य गतिविधिमा संलग्न महिलासााझ नपर्दै होटलबाट बाहिरिने गरेको बताइएको छ ।
यता होटल व्यवसायीले दिनदहाडै होटलमा पसेर आफ्ना ग्राहकलाई समातेको भन्दै आपत्ति जनाउादै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर