Aamsanchar

गर्मीले कुखुरा मर्न थाले

Author Image
शुक्रवार, जेठ ३१, २०७६

झापा,

केही दिन यता बढेको अत्यधिक गर्मीका कारण झापाका कुखुरा मर्न थालेको छ।

दमक नगरपालिका-९ को पञ्चमुखी कृषि फार्मका सञ्चलक देवराज अधिकारीले दुई दिनमा करिब २०० वटा कुखुरा मरेका बताए। गर्मी अझै बढेमा र लम्बिएमा कुखुरा जोगाउन चुनौती रहेको बताएका छ्न ।

बिहानैदेखि चर्को घाम लाग्ने गरेका कारण बजारमा सर्वसाधारणको चहल पहलमा निकै कमी आएको छ। चर्को घाम र तातो हावाका कारण घरबाहिर निस्कन सर्वसधारणलाई कठिन भइरहेको स्थानीयको भनाइ छ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर