Aamsanchar

जङ्गली हात्तीबाट क्षति

Author Image
मङ्गलवार, भदौ ७, २०७३

भद्रपुर।

Hatti-terror_20120106093157-350x262

भद्रपुर नगरपालिका वडा नं २ स्थित एयोफरेन्ट्री सेन्टरको परिसरमा सोमबार साँझ जङ्गली हात्ती प्रवेश गरी करिब रु एक लाख ६० हजार बराबरको सम्पत्ति क्षति गरेको छ ।

तीन समूहमा आएका जङ्गली हात्तीले फलामको ढोका, चौकीदार बस्ने आवासगृह, भान्सा र सोही स्थान बस्ने दलबहादुर लिम्बूको टिनको छानो भएको घर भत्काएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
यसैबीच पूर्वपश्चिम राजगमार्गको कन्काईस्थित पिकअप गाडीमा राखिएको सखुवा काठ ३८.३५ क्युबिक काठ प्रहरीले बरामद गरी जिल्ला वन कार्यालय भद्रपुरलाई सोमबार बुझाएको छ ।

शङ्का लागी खानतलास गर्दा अवैध रुपमा ती काठ ल्याएको पाइएकाले मे१च ३१३२ नंको उक्त गाडी पनि कारबाहीका लागि वन कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)