Aamsanchar

धर्म परिवर्तन गराउने अमेरिकी नागरिक झापाको बनियानीबाट पक्राउ

Author Image
बुधवार, भदौ ८, २०७३

भद्रपुर ।

उपचारको नाममा स्थानीयलाई धर्म परिवर्तन गराउने एक अमेरिकी नागरिक झापाको बनियानीबाट पक्राउ परेका छन् ।
भिषा बिना भारतको नाका हुादै बनियानी प्रवेश गरेका अमेरिकाको फ्लोरिडा बस्ने ७० बर्षीय फोमेश डोलानलाईं इलाका प्रहरी कार्यालय बनियानीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा बुझाएको हो ।
आफू चिकित्सक भएको बताउादै डोलानले उपचारको बहानामा धर्म परिवर्तन गराउन लगाएको भन्दै आक्रोशित स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयकै सहयोगमा उनलाई प्रहरीले तीन दिन अघि बनियानी–४स्थित होस्मा एकाडेमी क्रिश्चयन चर्चबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी कार्यालय झापाका डीएसपी हरिप्रसाद शर्माले दिएको जानकारी अनुसार ग्रामीण भेगका नागरिकलाई ‘म डाक्टर हुा, अनाथ तथा टुहुरा बालबच्चाको हेरचाहको लागि आएको हुा’ भन्दै हिाडेका डोलान पक्राउ गरिएको थियो । उपचारका लागि येशुलाई सम्झदै सिन्दुर र पोते निकाल्नुपर्ने शर्त अघि सारी गाउालेलाई धर्म परिवर्तनको लागि डोलानले दबाब समेत दिएको डीएसपी शर्माले बताए । पक्राउ परेका डोलान आफू दोस्रोपटक नेपाल आएको प्रहरीलाई बयान दिएका छन् । झापाको धुलावारी, झिलझिले, कााकरभिट्टा लगायतको क्षेत्रमा घुमफिर गरेर बनियानी पुगेको डीएसपी शर्माको भनाइ छ । पक्राउ पश्चात अनुसन्धानको क्रममा केही धर्मका कुरा गर्ने गरेको, तर डाक्टर बनेको प्रमाण, भिषा कार्ड लगायत कानूनी कागजात नभएका कारण आवश्यक कारवाहीका लागि सोमवार अध्यागमन कार्यालय कााकरभिट्टा जिम्मा लगाइएको छ ।
यता अध्यागन कार्यालयका प्रमुख रामप्रसाद फुायलले यस कार्यालयलाई विदेशी नागरिकलाई कार्वाही गर्ने अधिकार नभएकोले विभागमा पठाइसकेको बताए । एक बनियानीबासीका अनुसार पक्राउ परेका डोलान भारतमा समेत यसअघि पक्राउ परेका थिए । भारतमा पनि स्थानीयलाई धर्म परिर्वतन गराउन खोजेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरी कार्वाही गरेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१