Aamsanchar

न्यूटन्सले दियो आगलागी पीडित विद्यार्थीलाई वर्षदिनको शुल्क छुट

Author Image
बुधवार, भदौ ८, २०७३

newtons

बिर्तामोड ।
बिर्तामोडको कृषिथोक बजारस्थित मिनी मार्केटमा भएको आगलागीका पीडित विद्यार्थीलाई विर्तामोडस्थित न्यूट्न्स एजुकेशन एकाडेमीले राहत स्वरुप १ बर्षको सम्पूर्ण शुल्क छुट गर्ने निर्णय गरेको छ ।
न्यूट्न्समा कक्षा ३मा अध्ययनरत् बिर्तामोड–६का घनश्याम–कृष्णकुमारी अधिकारीका छोरा सृजित अधिकारीको एक बर्षको सम्पूर्ण शुल्क छुट गर्ने निर्णय गरिएको न्यूट्न्सका ओभरल इञ्चार्ज देवेन्द्र हुमागाईले जानकारी दिए । विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईंको अध्यक्षतामा बसेको बैठकले आगलागी पीडित अधिकारी परिवारलाई राहत स्वरुप उक्त निर्णय गरिएको बताइएको छ । एक बर्षको शुल्क २२ हजार रुपैयाा हुन्छ । आगलागीबाट अधिकारीको पसल पूर्ण रुपमा जलेर नष्ट हुादा २५ लाख बराबरको क्षति भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)