Aamsanchar

हबल्दारका छोराको हात भाँचिँदा बालक हिरासतमा

Author Image
बुधवार, भदौ ८, २०७३

वीरगन्ज:

download (1)

हबल्दारको छोरासँग गुच्चा खेल्ने क्रममा भएको झगडाकै निहुँमा प्रहरीले चार वर्षीय बालकलाई तीन घन्टा हिरासतमा राखेर मुक्त गरेको छ ।

 

प्रहरीले बाराको कलैया नगरपालिका वडा नम्बर ४ मा डेरामा बस्दै आएका मोतीलाल गुप्ताका चार वर्षीय छोरा मुन्ना गुप्तालाई सोमबार हिरासतमा राखेको हो ।

 

जिल्ला प्रहरी कार्यालय बाराबाट मोटरसाइकलमा चढेर गएका दुईजना बर्दीधारी प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर घरअगाडिको बाटोमा खेल्दै गरेका मुन्नालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेका थिए ।

 

बाटोमा खेल्दै गरेको अवस्थामा बालकलाई प्रहरीले अचानक उठाएर लगेपछि स्थानीयले बालकका अभिभावकलाई खबर गरेका थिए । प्रहरीले नाबालक छोरालाई पक्रेर लगेपछि उनकी आमा र काका जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)