Aamsanchar

लक्ष्मीपुरमा जैविक विषादी वनाउने तालिम

Author Image
शुक्रवार, असार २०, २०७६

झापा ,

झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित विहिवारेको समुदायिक भवनमा विषादी न्युनिकरण सम्बन्धी एकदिने जैविक विषादी वनाउने तालिम सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको आयोजनामा शुक्रवार तालिम आयोजना भएको हो । कृषि विकास शाखाकी प्राविधिक मिना अधिकारी तथा कृषि प्राविधिक जेटिए कन्चना घिमिरेले उपस्थित विभिन्न कृषिसँग सम्बन्धित वडाका संघ÷संस्था तथा समुहलाई जैविक विषादी घरेलु उत्पादन सम्बन्धि जानकारी दिएका थिए ।

उनीहरुले कृषि शाखासँग आवद्ध नभएका समुहहरुलाई आवद्ध हुन आग्रह गरे । विषादीरहित स्वास्थ्य खाना खाने र दीर्घजीवन जिउने वारेमा स्थानीय समुहका प्रतिनिधिलाई जानकारीसहित जैविक विषादी तयार पार्ने सामाग्री उपलब्ध गराएका थिए ।

नमुना कृषि समुहका अध्यक्ष छविलाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ की जनप्रतिनिधि देवी घिमिरे ‘सकुन्तला’ को प्रमुख आतिथ्यता रहेको थियो । पाण्डप बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन रेग्मी र चाँदनी कृषि समुहका अध्यक्ष गणेश कार्कीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नमुना कृषि समुहका प्रतिनिधि, चाँदनी कृषि समुहका प्रतिनिधि, पाण्डप आइपिएमका प्रतिनिधि, बस्तु तथा सेवा उपभोक्ता संघ झापाका प्रतिनिधि र सिर्जनशिल महिला समुहका प्रतिनिधिसहित करिव ७० जनाको कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन डम्वर घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर