Aamsanchar

जेष्ठ नागरिक सरोकारवाला बिच एक दिवसीय अन्तरक्रिया सम्पन्न

Author Image
बुधवार, असार २५, २०७६

हल्दिवारी । जेष्ठ नागरिक सम्बन्धि सरोकारवाला बिच एक दिवसीय अन्तरक्रिया कार्यक्रम हल्दिवारी गाउँ पालिका वडा नम्बर २ मा सम्पन्न भएको छ ।
हल्दिवारी गाउँ पालिका वडा नम्बर का २ अध्यक्ष राजेन्द्र योङ्गहाङ्गको प्रमुख आतिथ्य तथा जेष्ठ नागरिक समाज हल्दिवारीका उपाध्यक्ष श्रीप्रसाद वारकोटीको अध्यक्षता सम्पन्न भएको छ ।

महिला तथा बालबालिका शाखा हल्दिवारी गाउँ पालिकाको आयोजनामा सम्पन्न कार्यक्रमलाई वडा सदस्यहरु सान्ता गौतम ,सुकलाल राजवन्सी ,नेपाल रेडक्रस सोसाइटी उपसाखा हल्दिवारीका अध्यक्ष कृस्णखर प्रसाईं ,गाउँ पालिका सामाजिक साखा प्रमुख राजन नेउपाने लगायतले जेष्ठ नागरिकका समस्या ,सुबिधा ,हक अधिकार बारेमा प्रष्ट पार्नु भएको थिए ।
गाउँ पालिका महिला बिकास साखा प्रमुख तृष्णा थापा मगरले स्वागत तथा सहजीकरण गरेको कार्यक्रममा ५० भन्दा बढी जेष्ठ नागरिक आमा बुबाको उपस्थित रहेको थियोे ।

Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर