Aamsanchar

हल्दिवारी गाउँ पालिकाले जनता उपचार कोष मार्फत ७९ जनालाई गर्यो सहयोग

Author Image
बुधवार, असार २५, २०७६

हल्दिवारी ।

हल्दिवारी गाउँ पालिकाले २०७५ र ०७६ मा जनता उपचार कोष मार्फत ७९ जनालाई सहयोग गरेको गाउँ पालिका उपाध्यक्ष तथा कोषका संयोजक डम्बर बहादुर गिरिले बताउनु भएको छ ।

उपाध्यक्ष गिरिका अनुसार मुटुका रोगी ,क्यान्सर रोगी ,मृर्गैला रोगी छातीको समस्या ,पेटको समस्या ,मानसिक रोगी ,घाटीको क्यान्सर ,फोक्सो रोगी ,प्यारालाइसिस ,पाठेघर समस्या ,लगायतका बिरामीलाई गाउँ पालिकाले जनता उपचार कोष मार्फत ११ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

जनता उपचार कोषमा ३५ लाख छुट्टाएको मध्य जलथल स्वास्थ चौकीलाई र गोलधाप स्वास्थ चौकीलाई समेत प्रयोगशाला संचालन गर्न रकम छुट्टाएर काम गरेको उपाध्यक्ष गिरिले बताउनु भएको छ ।

हल्दिवारी गाउँ पालिकामा २ वटा प्रयोगशाला संचालन भएबाट यहाँका नागरिकले राहत महसुस गरेको स्थानीय बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर