मुखमा प्रायः दोहोरिएर आउने घाउ केही संक्रमण जस्तै विषाणु, किटाणु, जिवाणुको संक्रमण, केही भिटामिनको कमी, केही पोषक तत्वको कमीले हुन्छ भने प्राय कामको धपेडी,पानीको कमी,ज्वरो, झाडापखाला,परीक्षाको समय जस्ता स्ट्रेस र स्ट्रेनले भएको पाइन्छ।
पटकपटक देखिने अप्थस अल्सर आधाजसो वंशाणुगत कारण तर खानपान र जीवनशैलीले उत्पन्न गराउने गर्छ। तर कुखुराको मासु खाँदा रगत आउने र आकार बढ्ने भनेकाले म्युकोसिल हुनसक्छ । यदि फोकाको रुपमा बढ्ने, रगत आउने र फुटेर घाउ बन्ने गरेको हो भन्ने उक्त फोका जरैदेखि काटेर फ्याँक्नुपर्छ। अर्को केही खाना चपाउँदा बढ्ने र दुख्ने हो भने स्टोन पनि हुनसक्छ, जसका लागि समेत शल्यक्रिया जरुरी पर्नसक्छ।
यदि घाउ पटकपटक आउने तर एकदुई हप्तामा आफैं जाने गरेको छ भने एप्थस अल्सर हुनसक्छ। तथापि एकपटक आएर लामो समय रहने गरेको छ र उपचार गर्दागर्दै पनि रहिरहेको छ भने मुखको क्यान्सर हो कि भनेर विशेषज्ञसँग सरसल्लाह लिन जरुरी हुन्छ।
खतराका चिह्नमा निम्न पर्छन्, जसमा क्यान्सरको शंका गरी निदानका लागि बायोप्सी नै गर्न जरुरी रहन्छ।
– म्युकोसामा रंङ परिवर्तन, दाग, धब्बा, पत्र हुनु
– २ हप्ता बढीसम्म घाउ निको नहुनु
– घाउमा रेशादार रौंहरु देखिनु
– सुपारी सेवनबाट म्युकोसा पूरै सेतो हुने
– घाउमा देखिनेगरी मासु बढेको देखिनु
– लगातार रगत बगिरहनु
– बिना कारण स्वाद र स्पर्शमा परिवर्तन
व्यवस्थापन
– अल्सर भएका बेला मसालेदार, तातो, चिसो र पिरो खाना खानुहुँदैन।
– पानी तथा झोलीय पदार्थ जतिसक्दो धेरै पिउनुपर्छ।
– नियमित रुपमा मनतातो नुनपानीले पटकपटक कुल्ला गर्नुपर्छ।
– दैनिक दुई पटक दाँत तथा मुखको नरम ब्रस र फ्लोरिडेटेड दन्तमन्जनले सरसफाई गर्नुपर्छ र अन्य समयमा केही खानासाथ सफा पानीले कुल्ला गर्नुपर्छ।
– दुखाइ कम गर्नका लागि बेन्जोकेन, क्लोरोहेक्जिडिन जस्ता एन्टिसेप्टिक जेल विशेषत केही खानु पाँच मिनेटअघि लगाई खाना खाँदा दुखाइ नभई खान सजिलो हुने तथा घाउ निको हुन्छ।
– दुखाइ बढी भए कम गर्ने औषधि खान सकिन्छ।
डा प्रकाश बुढाथोकीको सुझाव