Aamsanchar

अवैध यौन सम्पर्कले गर्भधारण,त्यसपछि नवजात शिशुको हत्या

Author Image
शुक्रवार, भदौ १०, २०७३

lok-adalat

पर्वत ।

अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका एक जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो । उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाई पनि अदालतले जन्मकैद सजाय सुनाएको हो ।

पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार दुई प्रेमीप्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी फैसला गरेको छ । अदालतले पर्वत नाग्लिवाङ–४ की सङ्गीता रेग्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ (३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने बाग्लुङ नगरपालिका–१ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ (४) बमोजिम जन्मकैद हुने गरी फैसला सुनाएको हो ।

रेग्मी र बोहोराबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । अवैध सम्बन्धका कारण रहन गएको बच्चा जन्मेपछि हत्या गरेर घर नजिकै बारीमा गाडेको आरोपमा मुद्दा चलेको थियो ।

रेग्मीले नाङ्गलिबाङ्ग–४ स्थित घर नजिकै घैयाबारी भन्ने स्थानमा २०७२ कात्तिक २१ मा जन्म दिई धाँजा फाटेको ठाउँमा शिशु फालेको प्रहरीले फेला पारेकोे थियो । शिशुको शव काग, गिद्धले बाहिर निकालेको अवस्थामा भेटिएपछि स्थानीयवासीले कात्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए ।

बागलुङमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रहरी सोधपुछबाट प्रमाणित भएको थियो । उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरी २०७२ मङ्सिर १६ गते पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत मुद्धा दायर गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)