Aamsanchar

यू १९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

Author Image
बिहिवार, भदौ ५, २०७६


यू १९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।

सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए ।

यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् ।

नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । स्थानीय टिमसँग केही अभ्यास खेल खेल्नेछ ।

एसिया कप भने १९ भदौबाट सुरु हुनेछ । समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीकासँगै नेपाल, बंगलादेश र यूएई समूह बीमा छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले २० भदौमा घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले २२ भदौमा बंगलादेश र २४ भदौमा यूएईसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर