Aamsanchar

जब प्रहरीकै अगुवाईमा बुर्कीनी खोलियो…..

Author Image
शनिवार, भदौ ११, २०७३

burkini aamsanchar

काठमाडौं ।

फ्रान्समा प्रहरीले एक महिलाको बुर्कीनी खोल्न लगाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि यसको विरोध भएको छ ।

बुर्किनी पौडी खेल्दा लगाइने पोसाक हो । यो कपडा लगाउँदा पुरै शरीर छोपिएको हुन्छ । यो पोसाक मुस्लिम महिलाबीच निकै लोकप्रिय छ । केही समययता कान्सका मेयर डेभिड लिसनार्डले त्यस सहमा बुर्किनी लगाउन प्रतिबन्ध लगाएका छन् । फ्रान्सका कान्स, निस लगाएयतका १४ वटा सहरमा बुर्किनीमाथि प्रतिबन्ध लगाइएको छ । त्यहाँका अधिकारीले बुर्किनी लगाउनु फ्रान्समा धर्मनिरपेक्षताको उल्लंघन भएको दाबी गर्दै आएका छन् ।

burkini final

निस नजिकै समुन्द्री तटमा लेडिङस्, टुयनिक, स्कार्फ लगाएका महिलालाई चारजना प्रहरीले घेरा हालेका छन् । एक महिलाले नीलो रंगको ट्युनिक खोलिरहेकी छन् । ती महिलालाई प्रहरी अधिकारीले जरिवाना तिराउन पर्चा काटिरहेका छन् । दुई सन्तानकी आमा रहेकी ती महिलाले आफू परिवारसँग कान्सको समुन्द्री किनारमा बसेका बेला प्रहरीले यस्तो दुव्र्यवहार गरेको बताएकी छिन् ।

बुर्किनीमा प्रतिबन्ध लगाएपछि मुस्लिम महिलाले आक्रोश व्यक्त गरेका छन् । उक्त घटना सार्वजनिक भएसँगै सयौं महिलाले आफूले यस्तो जरिवाना विगतमा तिर्न बाध्य भएको खुलासा गरेका छन् । उक्त विषयलाई लिएर निकै आलोजना भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर