Aamsanchar

उपचार नपाएर दुई दूधेबालिकाको मृत्यु

Author Image
शनिवार, भदौ ११, २०७३

हुम्ला ।

जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अङ्गत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन् । ती दुबै जनाको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो ।

सो गाविसका स्थानीय बासिन्दा अदानसिंह कार्कीले स्वास्थ्य चौकीमा कुनै पनि औषधि नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन ।” वर्षासँगै प्रदूषित पानी पिउँदा सो क्षेत्रमा विभिन्न रोग फैलिएको उहाँको भनाइ छ ।

उक्त स्वास्थ्य चौकीका अहेब जोर फडेराले स्वास्थ्य चौकीमा बिरामी सङ्ख्या बढ्दै गएको बताउँदै सदरमुकामबाट केही मात्रामा पठाइएको औषधि वर्षा अगावै सकिएको र थप औषधि ढुवानी नभएको गुनासो गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले भने सो क्षेत्रमा औषधि पठाइसकिएको बताउनुभएको छ ।

‘सरसफाइ अभियानमा सबै लागौँ’
‘सरसफाइ अभियानमा सबै लागौँ’ भन्ने नारासहित आज सामुदायिक सेवा केन्द्रको आयोजनामा सिमिकोट बजारका विभिन्न चोक, गल्ली, मठमन्दिरको सफाइ गरिएको छ ।

निमित्त प्रजिअ धर्मराज न्यौपानेको नेतृत्वमा सञ्चालित सरसफाइ अभियानमा प्रहरी नायब उपरीक्षक अमरप्रसाद यादव, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर