

काठमाडौं– सरकारले गत एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्याँकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक बालबालिकाको उद्धार गरी पुनस्र्थापना गरिएको उल्लेख गरिएको हो ।

सो तथ्याँकमा चालू आर्थिक वर्षबाटै देशका मुख्यमुख्य सहरका पनि सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाको कामलाई सुरु गर्ने योजना पनि समावेश गरिएको छ । सरकारले बालअधिकार हनन् हुन नदिन उनीहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गराउन लागि परेको दावी पनि गरेको छ ।
Views: 239

