

चितवन : नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपित भएको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेका थिए तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथोलेका हुन् ।

कार्यक्रम विथोलेका विद्यार्थीहरुले चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएका शाहीमाथि कुटपिट गर्दै उनि चढेको गाडीमा समेत तोडफोड गरेका थिए । प्रहरीले शाहीलाई उद्दार गरेको र उनि सुरक्षित रहेको बताएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ ।
Views: 137

