Aamsanchar

नेविसंघले ज्ञापनपत्र बुझयो

Author Image
मङ्गलवार, भदौ १४, २०७३

झापा । 

14159210_1729241647339035_1638387766_n

नेवि संघ मेची बहुमुखी क्याम्पस इकाइ समितिले मङ्गबार(आज) क्याम्पस प्रशासन सामु ज्ञापन बुझाएको छ ।

इकाइ समितिका शभापती भुवन बुढाथोकी को नेतृत्वमा गएको टोलिले उक्त ज्ञापन पत्र क्याम्पस प्रमुख कमल गुरागाइ समक्ष पेस गरेको हो ।

त्रिभुवन बिश्वबिधालयको कार्यतालिका अनुसार Bsc चौथो वर्षको अध्यापनमा क्याम्पसले ढिलाई गरेको हुनाले क्याम्पस प्रशासन सामु ने.वि. संघले उक्त ज्ञापन पत्र बुझाएको जानकारी इकाइ सदस्य सुरेन्द्र प्रसाईं दिनुभयो।

ज्ञापन पत्रमा Bsc चौथो वर्षको कक्षा सन्चालानार्थ आइपरेको समस्या व्यवस्थित ढंगले यथाशीघ्र समाधान गरि Bsc चौथो वर्षको अध्यापन चाडो भन्दा चाडो सचालन गर्न अपिल गर्दै उक्त ज्ञापन पत्र बुझाएको हो ।पत्रमा केहि समय अगावै अध्यापन सन्चालन हुनुपर्नेमा हालसम्म पनि अध्यापन सन्चालन नहुदा विद्यार्थीहरुको पढाई अन्योलमा छ ।

यो अन्योलपुर्ण स्थितिलाइ व्यवस्थित ढंगले समाधान गरि विद्यार्थीहरुको भविस्य माथी असर पार्ने किसिमका कुनै पनि गतिविधि नगर्न क्याम्पस प्रशासन सामु अनुरोध पनि गरिएको छ ।उक्त जानकारी मिराज पोखरेल ले दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर