Aamsanchar

ढुङ्गा बर्सिन थालेपछि गोमनसरीवासी चकित

Author Image
बुधवार, भदौ १५, २०७३

dunga

बिर्तामोड ।
झापाको ज्यामिरगढी–९ गोमनसरीवासी चकित बनेका छन् । त्यहा रहेको पातलो बस्ती । बस्ती साथै रहेका केही घरमा कसैको भोक तिर्खा केही छैन । यतिबेला सबै रातभर अनिदो हुन्छन् । निदाउने स्थिति पनि छैन । कारण हो, केही दिनदेखिको लगातार ढुङ्गा बर्षा । ढुङ्गा बर्सिन थालेपछि सो गाउा त्रस्त बन्दै गएको छ ।
२ सातादेखि केही घरमा अचानक ढुङ्गा बर्सिन थालेपछि यतिबेला स्थानीयबासी त्रसित हुन थालेका हुन् । स्थानीय चार वटा घरमा नागपञ्चमीको दिनदेखि अचानक रात र दिनको समयमा सेतो ढुङ्गा बर्सिन थालेको हो । स्थानीय नरबहादुर निरौला, कमला निरौला, बिमला निरौला, तुलसा बुढाथोकीको घरमा ढुङ्गगा बर्सिने गरेको छ । अदृष्य रुपमा आउने सो ढुङ्गगा कहाााबाट आउाछ भन्ने बिषयमा स्थानीय सबैको खोजीको बिषय बनेको छ । अहिले ढुङ्गा प्रहारबाट तुलसा बुढाथोकी बिरामी समेत भएकी छिन् ।
जव तुलसा घरको कोठाभित्र जान्छिन् तव घरमा ढुङ्गा बर्सिन्छ । अदृष्य ठाउाबाट आउने ढुङ्गाले घरको टिन छुन्छ तर टिन केही हुादैन । कहिले मानिसलाई ताकेर आउाछ तर तुलसालाई मात्र लाग्छ । त्यस पछि उनी अचेत बन्छिन् । यस्तो भएको करिब २ साता हुन लाग्यो, समस्या उस्तै रहेको छ ।
यतिबेला ती घरहरुमा ढुङ्गगा बर्सिन थालेपछि धामी झााक्री लगाउन थालिएको छ । तर सोमबार आफ्नो जात भन्दा बाहिरका धामीले बिरामीबाट सो समस्या हटाउन खोजेका थिए । तर बिरामीले आफ्नै जातको धामी लगाउन आग्रह गरेकी थिइन् ।
बिरामी भएकी तुलसा भावुक हुादै भन्छिन्– म घाास काट्दै गर्दा अचानक ढुङ्गा प्रहार भयो । कहााबाट आयो थाह भएन तर त्यसपछि लगातार दैनिक जसो ढुङ्गा हान्न थालेपछि म बिरामी भएकी छु । भित्रभित्रै कसैले लिन आएजस्तो गर्छ । तलाई लान्छु भन्छ । २१औं शताब्दिमा समेत धामीको बिश्वास गरेर बिरामीलाई पीडा थप्ने काम भएको केही स्थानीयहरुको भनाइ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)