
बिर्तामोड ।

झापा जिल्ला मध्ये बिर्तामोड सुरक्षाका हिसाबले निकै सम्वेदनशिल मानिन्छ । आपराधिक गतिविधि बढी हुने तथा जनघनत्व समेत धेरैभएकाले बिर्तामोड क्षेत्रको सुरक्षा ब्यवस्था चुस्त राख्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको छ ।

तर गत जेठ महिनाबाट इलाका प्रहरी कार्यालय बिर्तामोड(अनारमनी) को नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक महोन थापाले छोटो समयमा नै आपराधिक गतिविधि नियन्त्रणमा उल्लेख्य काम गर्न सफल भएका छन् ।

पाँच महिनाको अवधिमा प्रहरी नायब उपरीक्षक थापाले हनी ट्यापदेखि एयर होस्टेज हुँ भन्दै गठी गर्ने तथा सांगठानिक उपराध गर्नेहरुलाई पक्राउ गर्नसफल भएका छन् । प्रहरीको कुलश नेतृत्वमा गनिने थापाले बिर्तामोडको कमण्ड सम्हाले लगत्तै अपहरण काण्डको ठूलो गिरोहलाई पक्राउ गर्न सफल भए ।
गत साउन १ गते जिल्ला झापा विर्तामोड– ४ का व्यवसायी अमरजित साहलाई महिलाको प्रयोग गरी झुठ्ठो मायाको जालबुनि ललाई फकाई अपहरण गरी कोठामा राखेर हन्टर सुजन, सञ्जु क्षेत्री भन्ने सुजन शंकर, मेराज खान, पिके भन्ने प्रकाश चन्द्र दास, काशिद आलम भन्ने मोहमद काशेक शेख समेतको योजनामा शरीर बन्धक बनाई कुटपिट गरी कपडा खोल्न लगाई नांगै बनाई भिडियो खिची सामाजिक संजाल घर परिवार समेतमा देखाई दिने भनि धाक धम्की दिई डर त्रास देखाई चालीस लाखदिने सम्झौता गरी पीडितलाई बन्धक मुक्त गरेको घटनामा प्रहरीले उनीहरुलाई पक्राउ गर्नसफल भयो ।
पक्राउ परेकाहरुलाई अपहरण तथा शरिर वन्धक, लागुऔषध, आपराधिकलाभ, नक्कली नोट र संगठित अपराध मुद्धामा अनुसन्धान गरी अदालतमा पेश गरी पुर्पक्षको लागि थुनामा गएको छ । प्रहरी यो घटनालाई हनी ट्याप भन्दै नक्कली माया जालमा पारेर अपराध गर्नेहरुको घटना बाहिर ल्याएको हो ।
प्रहरी नायब उपरीक्षक थापाले अपराधमा शून्य सहनशिलताको रणनीति अप्नाउदै कुनै पनि अपराधका घटनामा सम्लग्नलाई उनमुक्ति प्रहरीले नदिने बताए । थापाले सामाजिक सञ्जाल फेसवुक लगायत विभिन्न व्यक्तिहरुसंग नजिक भई प्रलोभनमा पारी क्यानडा लैजान्छु भनी सन् २०१२ देखि हालसम्म करिव आठ सयजना ब्यक्तिबाट करोडौ ठगी गरी फरार भएका मोरङको उर्लावारीका रामबहादुर खड्कालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय सफल भएको जानकारी दिए ।
त्यस्तै प्रहरीले जेट एयरलाइन्सको एयर होस्टेज हुँ भनी विभिन्न नाममा नक्कली फेसवुक आइडी बनाएर विभिन्न व्यक्तिहरुसंग साथी बनाउदैं प्रेम तथा विवाह गर्ने नाटक समेत गरी केही युवाहरुसंग रकम ठगी गर्ने झापाको अर्जुनधारा नगरपालिका–६ की तविता राईलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको थापाले बताए । त्यस्तै जिल्लाका विभिन्न स्थानहरुमा एनसेल टावरहरुमा आगजनी तथा विष्फोटन, विष्फोटक पदार्थ भण्डारण, जवरजस्ती चन्दा असुली गर्ने विप्लव समुहका ८ जना व्यक्तिहरुलाई कटुवा पेस्तोल २ थान र यसमा लाग्ने गोली ४ थान हातहतियार खरखजना, दस्तावेज, ठूलो मात्रामा विष्फोटक पदार्थ सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।


अपराध नियन्त्रण गर्न सफल बन्दै प्रहरी नायब उपरीक्षक थापा
विर्तामोडका विभिन्न विभिन्न होटलहरुमा वेस्यावृती हुने गरेको र वालवालिकाको समेत प्रयोग गरिएको जनगुनासो बढेसंगै इलाका प्रहरी कार्यालय अनारमनीले गरेको अनुगमनका क्रममा विभिन्न होटलहरुबाट पाँच जना नावालिकाहरुलाई उद्धार गर्नुका साथै पाँचजना होटल संचालकहरुलाई पक्राउ गरी वालवालिका सम्वन्धी ऐन, २०७५ वमोजिम वालवालिका विरुद्धको कसूर वमोजिमको मुद्धामा चलाएको थियो । प्रहरीले अहिले बिर्तामोडमा हुने वेस्यावृती ८० प्रतिशतले कमी आएको दाबी गरेको छ ।
प्रहरीले बिर्तामोडका विभिन्न स्थानबाट लागुऔषध व्राउन सुगर विक्रि वितरण तथा ओसारपसारको कार्यमा संलग्न ६ जना कारोवारीहरुलाई पक्राउ गर्नसफल भएको छ । बिर्तामोडलाई लागुऔषध मुक्त क्षेत्र बनाउन आफूहरु लागि परेको प्रहरी नायब उपरीक्षक थापाको भनाई छ । प्रहरी नायब उपरीक्षक थापाले नेतृत्व सम्हाल्नु अघि नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा एक बालक झुण्डिएको अस्थामा फेला परेपछि उक्त स्थानमा प्रहरीले सुरक्षित हिरासत वनाउने योजना अन्तरगत हिरासतमा सिसि क्यामरा जडान, टेलिभिजनको व्यवस्था, रंग रोगन र ह्यान्डहेल्ड मेटल डिटेक्टर, स्वच्छ खानेपानी समेतको व्यवस्था गरी सुरक्षित र सुविधा सम्पन्न नमुना हिरासत कक्ष वनाउन सफल भएको थापाले जानकारी दिए ।
प्रहरीले कन्काई नगरपालिका–४ स्थित कन्काई माईपुलमा प्रेसर कुकर बम राख्ने ५ जना विरुद्ध बम विष्फोटन र संगठित अपराधमा मुद्धा दर्ता गरी सफल अनुसन्धान गरी जिल्ला अदालतमा पेश गरेकोमा दुई जना धरौटीमा छुटेका थिए । प्रहरीको सक्रियताकै कारण जेष्ठ महिना देखि हालसम्म करिव एक सय ६७ वटा मुद्धा दर्ता भएको र चोरी तथा लागुऔषध मुद्धा वाहेक अन्य अपराध न्यून गर्नसफल भएको प्रहरी नायब उपरीक्षक थापाले दाबी गरे । उनले दशैको अवधिभर चोरी लुटपाट, झैझगडा लगायतका अपराधिक घटनाहरु विगतको तुलनामा कमी आएको बताइएको छ । प्रहरी नायब उपरीक्षक थापाले नेतृत्व सम्हाले पछि सानोतिनो चोरी वाहेक संगठित अपराध गर्ने गिरोह र गुण्डागर्दी नभएको बताएका छन् ।
अपराध न्यूनिकरणमा सक्रिय भएका थापाले प्रहरी कार्यालयको सुधारमा समेत उल्लेख्य सुधारगरेका छन् । उनले प्रदेश सरकारबाट विनियोजित वजेटवाट वालमैत्री कार्यालय स्थापनाको लागि चिल्ड्रेन कर्नर, अनुसन्धानात्मक अन्तर्वार्ता कक्ष स्थापना गर्नुका साथै नागरिक सहायता कक्ष र जवान मेस निर्माणाधिन रहेकोको जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत स्कुल तथा कलेज तथा विभिन्न समुदायहरुमा ४१ वटा सचेनतामुलक कार्यक्रम, सार्वजनिक सुनुवाई, सुरक्षा सम्वन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको बताए ।
साथै दिपावली, छठ लगायतका चाडपर्वहरुमा हुनसक्ने घटनाहरुको रोकथामका लागि भिडभाड हुने स्थानहरुमा २० हजार सुरक्षा जनचेतनामुलक पर्चा, पम्प्लेट तयार गरी वाड्ने र माइकिङ गर्ने थापाले बताए । प्रहरीले जस्तो सुकै अपराधहरु तथा अपराधमा संलग्नलाई तत्काल पक्राउ गरेकाले प्रहरी प्रति जनविश्वास बढ्दै गएको बताइएको छ । यसैबीच थापाले बिर्तामोडको नेतृत्व सम्हाले पछि शान्ति सुरक्षामा उल्लेख्य सुधार आउनुका साथै ठूला अपराधमा कमी आएको स्थानीयले बताएका छन् ।

