Aamsanchar

संविधान दिवस तीन दिन भव्यरुपमा मनाउने निर्णय

Author Image
बुधवार, भदौ १५, २०७३

काठमाडौं ।sambidhan

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षाेल्लासकासाथ मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको मूल समारोह समितिको बैठकले नेपालको संविधान जारी गरेको दिन असोज ३ गते विभिन्न कार्यक्रमका गरी स्वदेश र विदेशमासमेत राष्ट्रिय दिवसकारुपमा भव्यताकासाथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिले कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्न तीनओटा उपसमितिसमेत गठन गर्ने निर्णय गरेको छ ।

 

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर