Aamsanchar

‘हेलो सरकार’मा उजुरीको चाङ

Author Image
बिहिवार, भदौ १६, २०७३

काठमाडौँ ।6eb86ea97fcb136962dbd61bf34db5de

  सरकारको सेवा प्रवाहप्रति सर्वसाधारणको गुनासो सुन्ने गरी व्यवस्था गरिएको ‘हेलो सरकार’मा उजुरीको सङ्ख्या फेरि बढ्न थालेको छ ।  प्रधानमन्त्री कार्यालयले गुनासो सुन्न सामाजिक सञ्जाल तथा अन्य विधिको प्रयोग गर्न थालेपछि उजुरी बढेको हो ।  
पाँच वर्षअघि सुरु गरिएको हेलो सरकारमा आउने गुनासोकोे उचित सम्बोधन भएपछि बीचमा गुनासोकर्ताको सङ्ख्या ह्वात्तै घटेको थियो ।  ‘सुरुमा प्रत्येक महिना करिब दुई हजारको सङ्ख्यामा गुनासो तथा उजुरी आउने गरेकोमा बीचमा घटेर दुई सय वरिपरिमा झरेको थियो’, ‘प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकान्त घिमिरेले भन्नुभयो, अहिले फेरि बढेर मासिक सरदर एक हजारको सङ्ख्यामा गुनासो आउन थालेको छ । ’
घिमिरेका अनुसार, सुरुमा टोलफ्री नम्बरबाट मात्र गुनासो लिने व्यवस्था भएकोमा अहिले फेसबुक, ट्वीटर तथा इमेलबाट समेत उजुरी लिने गरिएको छ ।  सचिवका अनुसार, कार्यालयले चाँडै गुनासो सुन्न ‘मोबाइल एप’को समेत व्यवस्था गर्न लागेको छ ।  
प्रधानमन्त्री कार्यालयमा मात्र रहेको हेलो सरकारलाई अहिले विस्तार गरेर क्षेत्रीय प्रशासन कार्यालयमा पनि पु¥याइएको छ ।  हटौँडा, धनकुटा, पोखरा, धनगढी र दिपायलमा यसका शाखाहरू स्थापना गरिएका छन् ।  यद्यपि अहिलेसम्म यीमध्ये हेटौँडाको कार्यालयमा मात्र गुनासो आएका छन् ।  
हेटौँडा शाखाका कर्मचारीका अनुसार, त्यहाँ साउन महिनामा ३० वटा उजुरी परेका थिए ।  धनगढी, दिपायल र धनकुटामा भने उजुरी परेका छैनन् ।  सरकारको सेवा प्रवाहप्रति जनताको प्रत्यक्ष गुनासो सुन्ने गरी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा यो सेवा सुरु भएको थियो ।  प्रधानमन्त्री कार्यालयका अनुसार पाँच वर्षको अवधिमा ४७ हजार १९ वटा गुनासो कार्यालयमा आएका छन्, जसमध्ये ४३ हजार ६४५ वटा गुनासो फस्र्योट भएको छ ।  
शाखाका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायका अनुसार, कार्यालयले गुनासोकर्तालाई आफूले गरेको उजुरीमाथि के कस्ता कारबाही भए भन्ने जानकारीसमेत दिँदै आएको छ ।  उपाध्यायले भन्नुभयो, ‘गुनासो टिपेपछि स्वतः चलानी नम्बर सिर्जना हुन्छ, त्यसमार्फत गुनासोकर्ताले अनलाइनमा आफ्नो उजुरीबारे के कारबाही भइरहेको छ भन्ने हेर्न सक्नुहुन्छ ।  ट्रयाकिङ सिस्टमले गुनासोकर्ताले उजुरीबारे के प्रगति भएको छ त्यसको विवरण पाइने उहाँले जानकारी दिनुभयो ।
गुनासो फस्र्यौटको सङ्ख्या अत्यधिक देखाए पनि त्यसको सकारात्मक नतिजा मापन गर्नेबारे भने खास संयन्त्र नबनेको उहाँले बताउनुभएको छ ।  कर्मचारीहरूले आएका गुनासोलाई सम्बन्धित मन्त्रालयमार्फत सम्बन्धित कार्यालयमा पु¥याइदिने कामलाई नै फस्र्योट भएको मान्दै आएका छन् ।  यद्यपि केही गुणासोहरू भने कार्यालयले प्रत्यक्ष आफैले फस्र्योट गर्ने गरेको छ ।  
शाखाका एक कर्मचारीका अनुसार, करिब २५ प्रतिशत गुनासो हेलो सरकारले नै समाधान गर्छ, ‘उजुरीलाई उच्च प्राथमिकता, प्राथमिकता र समान्य समूहमा राखेर हेर्छौँ ।  त्यसमध्ये उच्च प्राथमिकतामा रहने गुनासोलाई २४ घन्टाभित्र समाधान गर्ने व्यवस्था गरिएको छ ।  दोस्रो तहको गुनासो ३ दिनभित्र र अन्यलाई ७ दिनभित्र नतिजा दिने गरी गुनासो फस्र्योट गरिँदै आएको छ ।  
हेलो सरकारमा आएको गुनासोकै आधारमा कर छली गरेर विदेश भाग्न खोज्ने एक व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्न सफल भएको उदाहरण दिँदै शाखाका कर्मचारीले यसलाई अझ प्रभावकारी बनाउन थप जनशक्ति र प्रविधिको आवश्यकता रहेको बताउनुभएको छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर