Aamsanchar

शान्ति र विकासका लागि विश्व विज्ञान दिवस

Author Image
आइतवार, कार्तिक २४, २०७६

हरेक बर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभरिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरि विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो।

अहिलेको समाजका नागरिकहरुलाई विज्ञानको उन्नति प्रगतिको बारेमा सूचित राख्न पनि संयुक्त राष्ट्र संघ, समाजलाई विज्ञानको संगसंगै या भनौ धेरै भन्दा धेरै नजिक राखेर अघि बढ्न चाहन्छ। आजको दिवसले जना समुदायमा वैज्ञानिकहरूले हाम्रो समाजको हितको लागि गर्ने उल्लेखनीय योगदानहरुको पनि व्याख्या गर्दछ। त्यसबाहेक, देशहरू बीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढावा गर्नु, समाजको लाभको लागि विज्ञान उपयोगमा राष्ट्रीय र अन्तरराष्ट्रीय प्रतिबद्धताको नवीकरण गर्नु, विज्ञानले सामना गरेको चुनौतीहरूमा ध्यान आकर्षित गर्नुको साथसाथै वैज्ञानिक प्रयासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन्।

सन् २००१ मा यूनेस्को द्वारा यस दिवसको सुरुवात भएपछि थुप्रै वैज्ञानिक परियोजना तथा कार्यक्रमहरु सफल भएका छन्, जसलाई विश्वका थुप्रै देशहरुले यूनेस्कोकै पहलमा वित्तिय सहयोग समेत गरेका हुन्। युद्ध ग्रसित क्षेत्रको चपेटामा परेका वैज्ञानिकहरूको विश्वका अरु बैज्ञानिक संगठन संग तालमेल मिलाउने कार्य पनि आजको दिवसको एउटा उद्देश्य रहेको छ। हामि जन्मिएको यस वैज्ञानिक युगमा, विज्ञानले शान्ति र विकाशको लागि पुर्याउने योगदान अतुलनिय रहनेछ। यस दिवसको सबैमा शुभकामना।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर