Aamsanchar

सुर्तीजन्य पदार्थ सेवन रोकथाममा सरकार उदासिन, वर्षेनी २७ हजार नेपालीले गुमाउँछन ज्यान

Author Image
मङ्गलवार, मंसिर १०, २०७६


सुर्ती चुरोटको अम्मलका कारण धनको मात्र नाश हुँदैन, स्वास्थ्यमा समेत विभिन्न समस्या सिर्जना हुन्छ । सुर्तीजन्य वस्तु सेवनका कारण नेपालमा वर्षेनी ठूलो संख्यामा मानिसको मृत्यु समेत हुने गरेको छ ।

चुरोट सेवनबाट घाँटी, फोक्सो, आन्द्रासम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । तरै पनि मानिस यसको सेवन गरिरहेका छन् । यो एक चोटी प्रयोग गरेपछि अम्मल बस्छ । यसबाट छुटकारा पाउन कठिन जस्तै हुन्छ । तर दृढ इच्छा राख्ने हो भने यसबाट मुक्ति पाउन सकिन्छ । हेरौं यसरी छुट्न सक्छ चुरोटको लत ।

१, चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ ।
२, चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ ।
३, किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस ।
४, अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस् । यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ ।
५, मनलाई नियन्त्रण गर्नुहोस् । आत्म अनुशासन कायम गर्दै कठोर हुनुहोस् ।

चुरोट नाखादाचै के जीवन नै चल्दैनत ?

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ ।

नेपाल विकास प्रतिष्ठानले गरेको एक अध्यनले दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको देखाएको छ ।


विश्वका अरु देशमा र नेपालमा यस्तो छ कानुन  ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतले कर उठाउनुपर्ने मापदण्ड तोकेको छ। तर, नेपालले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत मात्र कर लगाउँदै आएको छ । सोही कारण पनि नेपालमा सुर्तिजन्य पदार्थ अत्यधिक खपत भएको अध्यनको निष्कर्ष छ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम अगामी १८ महिनासम्म चलाउने भएको छ। कार्यक्रमको प्रमुख उद्देश्य प्रमाणसहितको अनुसन्धानका आधारमा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि वकालत गर्नु र नीतिनिर्माणमा प्रभाव पार्नु रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा. जयकुमार गुरुङले जानकारी दिए।

३० प्रतिशत कर उठाए पनि सुर्तीजन्य पदार्थमा लगाइएको करबाट नेपालले वार्षिक ५ अर्बभन्दा बढी आम्दानी गरिरहेको छ। तर, सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रममा १ करोड पनि खर्च गरेको पाइँदैन। सोही कारण नेपालमा सुर्तिजन्य प्रयोग गरेर मृत्युवरण गर्नेहरु बढी भएको अध्यनको निष्कर्ष छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर