Aamsanchar

बिर्तामोड खानेपानीको मत गणना जारी, २ सय ४ मतले जलकुमार गुरुङ अगाडी

Author Image
बिहिवार, मंसिर २६, २०७६

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानीको निर्वाचनको मत परिणाम अनुसार हालसम्म लोकतान्त्रिक प्यानलको समूह नै अगाडि छ ।

परिणाम अनुसार ७९९ मत गणना हुँदा लोकतान्त्रिकका जलकुमार गुरुङले ४७३ मत प्राप्त गरेका छन् भने ज्ञानुराम प्रसाईले २६९ मत ल्याएका छन् ।

खानेपानीको कार्यलयमा भइरहेको मत गणनामा लोकतान्त्रिकका उपाध्यक्ष,सचिव र कोषाध्यक्षले ४५०,५९० र ४१४ मत ल्याएका छन् । यस्तै प्रगतिशीलको उपाध्यक्ष,सचिव र कोषाध्यक्षले २६९,२३९ र ३०८ मत ल्याएका छन् । हालसम्मको परिणाममा अध्यक्ष पदमा २०४ मत अन्तर भएको छ ।

Views: 180

प्रतिक्रिया (०)