Aamsanchar

जुँगा पालेका र टोपी नलगाएका देउवा

Author Image
सोमवार, भदौ २०, २०७३

14202541_10209604347133044_3564879489261439205_n

प्रधानमन्त्रीको लाइनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टोपी नलगाएको तस्बिर कमै देखिन्छ । उहाँले जुँगा पालेको पनि धेरैले देखेका छैनन् ।

दौरा सुरुवाल, कालो टोपी, दाह्रीजुँगा नभएको चिल्लो अनुहार । देउवालाई सम्झँदा धेरैको आँखामा यस्तै दृश्य आउँछ । तर भर्खर बिहे गरेको बेला देउवा अर्कै देखिनुहुन्थ्यो । पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुक पेजमा देउवाको पुरानो तस्बिर राख्नुभएको छ ।14211991_10209604347613056_4299883883091871607_n

उहाँका अनुसार श्रीमती आरजु राणा सँगै रहेको यो तस्बिर देउवाको भर्खर बिहे गरेको बेलाको हो । यो तस्बिर कसले खिचेको हो भन्ने आफूलाई थाहा नभएको, तर आफूसँग पहिलेदेखि नै तस्बिर सुरक्षित रहेको श्रेष्ठले जानकारी दिनुभयो ।14232410_10209604348253072_4479601619491324869_nउज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर