Aamsanchar

काठमाडौंमा उद्घाटन, बन्द सत्र थवाङमा

Author Image
सोमवार, भदौ २०, २०७३

काठमाडौंः

images (1)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपमा (माओवादी) को आठौं राष्ट्रिय महाधिवेशन फागुन पहिलो साता हुने भएको छ।

गत भदौ ११ देखि १४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकका निर्णय सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी आठौं राष्ट्रिय महाधिवेशन फागुन पहिलो साताका लागि तय भएको जानकारी दिइएको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आठौं महाधिवेशन फागुन १ देखि ७ गतेसम्म गर्ने जानकारी दिए। उनले फागुन १ गते जनयुद्ध दिवसका दिन काठमाडाैंको खुल्ला मञ्चमा महाधिवेशनको उद्घाटन गर्ने निर्णय पार्टीले गरेको बताए।

उनले महाधिवेशनको उद्घाटन काठमाडौंको खुल्ला मञ्चमा हुने र बन्द सत्र भने रोल्पा थवाङमा गरिने विश्वकर्माले बताए। प्रवक्ता विश्वकर्माका अनुसार मंसिर महिनामा गाउँ र नगर तथा पुसभित्रमा जिल्ला सम्मेलन गरिनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर