नेपाली उपभोक्ताहरुको लागि कुनै पनि सामान खरिद गर्नुपर्दा विदेशी सामान नै गरिद गर्नु पर्ने बाध्यता क्रमम हट्दै गएको । स्वदेशी उत्पादनहरु पनि उच्च स्तरको बन्न थालेपछि देका विभिन्न स्थानमा आधिकारिक विक्रीकेन्द्र कम्पनीले छनोट गर्ने गर्छन सोही अनुरुप बिर्तामोड –५ स्थित शनिश्चरे रोडमा शुद्ध नेपाली छाला प्रयोग भएको भन्दै केडी सुज इन्डष्ट्रिजले बजारमा ल्याएको क्यालिबर सुजको शोरुम सञ्चालनमा आएको छ ।
क्यालिबर सुजको बिर्तामोडका लागि आधिकारिक विक्रेता प्रथम सप्लायर्सले आइतवार शोरुमको उद्घघाटन गरेको हो । बिर्तामोडका युवा व्यवसायी तथा शोरुम सञ्चालक रोशन घिमिरेले ६० लाख रुपैयाँको लगानीमा शोरुम सञ्चालनमा ल्याएका हुन् ।
शोरुममा क्यालिबरका महिला, पुरुष र बच्चाका न्युनतम ९ सय ५० देखि ३ हजार ८ सय रुपैयाँसम्मका जुत्ताहरु उपलब्ध रहेको प्रथम सप्लायर्स सञ्चालक घिमिरेले बताए । उद्घाटनका अवसरमा १० प्रतिशत छुटको ब्यवस्था समेत रहेकोे जानकारी दिए ।
शोरुमको उद्घाटन उद्योग बाणिज्य संघ प्रदेश नं. १ का सदस्य बलराम कार्कीले गरेका थिए । शोरुम उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडका पूर्व वरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठ, उद्योग बाणिज्य संघ बिर्तामोडका सदस्य कुशल खतिवडा, व्यवसायी जितेन्द्र अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।