Aamsanchar

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित

Author Image
बुधवार, भदौ २२, २०७३

काठमाडौ:

xi-jinping-57cf667fd9a762.80432027

अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलार्इ अवगत गराएको स्रोतले उल्लेख गरेको छ ।

चीनले नेपालका तर्फबाट भ्रमणसम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको उसको बुझाइसमेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति सी सन् २०१६ (२०७३ पुसमध्य) भित्र नेपाल आउने सम्भावना टरेको छ ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ’, एक उच्च सरकारी अधिकारीले मंगलबार अन्नपूर्णसँग भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टि गरेको छ ।

यद्यपि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा कुनै जानकारी नआएको अन्नपूर्णलाई प्रतिक्रिया दिए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण असोजमा हुन्छ भन्नेमा सरकार विश्वस्त छ’, उनले भने ।

बेइजिङ्ले राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमण निश्चित गर्ने÷नगर्ने विषयमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर