रिस खा आफू बुद्धी खा अर्को भन्ने उक्ती नै छ, मोरोङ र फोन नउठाएको झोकमा आफ्नो विवाहित प्रेमिकाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्णश्रवण गाउँपालिका ३ घर भई मोरङ पोठियामा बस्ने सुरेन्द्र प्रसाद साह रहेका छन् । साहमाथि सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या गरेको आरोप छ ।
साहलाई आज पत्रकार सम्मेलन गर्दै मोरङ प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा परियारको घाटी काटिएको र घाटीमा सलले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।
प्रहरी अनुसन्धानको क्रममा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका वडा नं. ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत सुरेन्द्रप्रसाद साह र मृतक सम्झना खत्री परियारवीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको छ । सम्झनाका श्रीमान र दुई छोरी रहेका छन् ।