Aamsanchar

तेश्रो साधारण सभाको तयारीमा अर्जुनधारा प्रेस क्लव

Author Image
शनिवार, फागुन ३, २०७६

अर्जुनधारा । अर्जुनधारा प्रेस क्लव अर्जुनधारा झापाको साधारण सभा आगामी फागुन १७ गते हुने भएको छ । क्लवको आज सम्पन्न बैठकले आफ्नो तेश्रो साधारणसभा नगरकै कालीखोला सिमसार तथा पर्यटकिय क्षेत्रमा आयोजना गर्ने निर्णय गरेको हो ।

साधारणसभालाई सफलताका साथ सम्पन्न गर्न बैठकले पदाधिकारी र सदस्यहरुबिच बिभिन्न ६ वटा उपसमिती बनाई कार्यबिभाजन समेत गरेको छ ।

जस अन्तर्गत प्रेम आचार्यको संयोजकत्वमा अर्थ संकलन उपसमिति , रमेश समदर्शीको संयोजकत्वमा सभा व्यबस्थापन उपसमिति , कुमार भट्टराईको संयोजकत्वमा अतिथी पत्राचार तथा व्यबस्थापन , दिपीन राईको संयोजकत्वमा अतिथी सत्कार उपसमिति गठन गरीएको छ । त्यसैगरी खाना र मनोरञ्जन व्यबस्थापन उपसमिति समेत गठन भएका छन् ।

यसैबिच , नगरपालीकाले शुरु गर्न लागेको नगर महोत्सवलाई सफल बनाउन प्रर्वद्धनात्मक तथा प्रचारात्मक सहयोग गर्ने निर्णय पनि गरीएको क्लवका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर