

एजेन्सी
नयाँदिल्ली ।
भारतको दिल्ली राज्यस्थित सरकारका एक मन्त्री सेक्स सिडी काण्डले जेलको हावा खान पुगेका छन् ।

दिल्लीस्थित तीस हजारी अदालतले शुक्रवार त्यहाँका निवर्तमान मन्त्री सन्दीप कुमारलाई सेक्स सिडी काण्डको मामिलामा १४ दिनका लागि जेल पठाउने आदेश दिएको हो ।
यसभन्दाअघि बिहीवार अदालतले पुलिससँग बयानका लागि सन्दीपकुमारलाई एक दिन हिरासतमा राख्न आदेश दिएको थियो ।
समाचार अनुसार सेक्स काण्डमा मुछिएपछि दिल्ली सरकारबाट बर्खास्त गरिएका सन्दीप कुमारको गिरफ्तारीको मामिलामा बिहीवार पुलिस र फोरेन्सिक विज्ञको टीमले उनको सुल्तानपुरीस्थित घरमा पुगेर पुन: छानबिन गरेको थियो ।
सेक्स सिडी काण्डमा पुलिसले सन्दीपको घरबाट प्रमाण बटुल्न सकेको थिएन । यो काण्डको पर्दाफास भएपछि प्रहरी फन्दामा पर्नुअघि नै सन्दीपकुमारले सबै प्रमाण नष्ट गरेको प्रहरीको भनाइ छ ।

Views: 220


