
सरकारले शुक्रबार देखि थुनुवालाई भेट गर्न पूर्णरूपमा बन्द गरेको छ । बिर्तामोड ईलाका प्रहरी कार्यालयले अति आवसेक बाहेक थुनुवाहरुलाई भेटन शनिबार बाट रोक लगाउने भएको छ ।

प्रहरी कार्यालयले शुक्रबार सुचना टास गरेर उक्त जानकारी दिएको हो ।

कोरोना भाइसरको संक्रमण फैलन नदिन भेटघाटको कार्यक्रम गर्न नदिन निर्देशन आएकोले सुचना टास गरि भेटघाट कार्यलाई रोक लगाईएको बिर्तामोड ईलाका प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

कोरोना भाइसले विश्वका विभिन्न मुलुकमा महामारीको रुप लिइरहेका बेला पूर्व सावधानी आप्नाउदैं थुनुवा भेटघाटमा रोक लगाइएको रिजालले बताए । प्रहरीले प्रहरी कार्यालयमा आउने सबैलाई अनिर्वाय मास्क प्रयोग आग्रह र साबुन पानीले हात धुने व्यवस्थापन गरेको छ ।
Views: 324


