Aamsanchar

मजदुरका नाममा अटेर गर्नेलाई सुरक्षाकर्मीले पठाए

Author Image
मङ्गलवार, चैत ११, २०७६

अर्जुनधारा । कारोना भाइरस संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको नेपाल लकडाउनको बेवास्ता गर्नेलाई सुरक्षाकर्मीले लखेटेका छन् ।अर्जुनधारा नगर क्षेत्रमा लकडाउनलाई बेवास्ता गर्दै काममा निस्कने मजदुरहरुलाई सशस्त्र प्रहरीले घर फर्काएको छ ।

बिरिङ खोला वारिपारी र मदनपुर क्षेत्रमा लकडाउनलाई अटेर गर्दै काममा आएका खोला मजदुरलाई सशस्त्र प्रहरीले सम्झाइबुझाइ घर पठाएको हो ।यसैगरी, सशस्त्र प्रहरी बलको शनिश्चरे बेस क्याम्पबाट खटिएको टोलीले अर्जुनधाराका विभिन्न सुपारी प्रशोधन केन्द्रमा पुगेर त्यहाँ काम गरिरहेका मजदुरलाई घर पठाएको सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टले जानकारी दिए ।

उनका अनुसार शनिश्चरे, अर्जुनधारा क्षेत्रका पाँच स्थानबाट मजुदरलाई घर पठाइएको हो । यस्तै, सुरक्षाकर्मीले निर्माण कार्यमा खटिएका मजदुरलाई पनि घर पठाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर