Aamsanchar

नक्कली बिरामी बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

Author Image
बिहिवार, चैत १३, २०७६

बिर्तामोड । कोरोना (कोभिड १९) बिरुद्ध लडनको लागि नागरिकहरु सेल्फ क्यारेन्टायनमा बसरी रहेको वेला लक डाउनको बेवास्ता गर्दै नक्कली विरामी बोक्ने चालक र एम्बुलेन्स प्रहरीको फन्दामा परेको छ ।

बिराटनगरबाट भद्रपुर पुगेर नक्कली बिरामी ल्याएको आरोपमा झापाको झिलझिले प्रहरीले को २ च १२६६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।  ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार एम्बुलेन्स चालक कटहरी बस्ने अजय सरदारलाई पनि नियन्त्रणमा लिएको छ ।

बिराटनगर स्थित परिवर्तन समाज कल्याण ट्रष्टको उक्त एम्बुलेन्स भारत सरकारले दिएको हो । चालक सरदारले बिरामी को नाटक गरेर यात्रुले आफुलाई झुक्याएको बताए । एम्बुलेन्स संचालक दुलाल शाहले बिरामी लिएर आफैले चालकलाई बिहीबार बिहान भद्रपुर पठाएको तर फर्कदाको अवस्था आफुलाई थाहाँ नभएको बताएका छन ।

भद्रपुरबाट फर्कदा नक्कली बिरामी सहित ५ जना यात्रु बोकेर बिराटनगर जाने क्रममा एमुलेन्स सहित चालक प्रहरीको नियन्त्रणमा परेका हुन । प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्स र सो का चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । प्रहरीले विरामीको कागजात माग्ने क्रममा यात्रु मध्येका एक जना किशोरलाई अन्य यात्रुले हत्तपत्त सुताएको थाहाँ पाएपछी उनिहरु नक्कली बिरामी हुन भन्ने बुझिएको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिएका छन ।

एम्बुलेन्समा एकै परिवारका सदस्य थिए । उनिहरु भद्रपुर स्थित ससुराल बाट बिराटनगर स्थित घर जादै थिए । प्रहरीका अनुसार चालकले बिराटनगर सम्मको भाडा ९ हजारमा बन्दोबस्त गरेको बुझिएको छ । भद्रपुरबाट विराटनगरको एम्बुलेन्स भाडा ४३ सय मात्र हो । श्रोत: वेलकम सताक्षीधाम

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर