काठमाडौँ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभयो ।
छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन जानुभएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले राससलाई जानकारी दिनुभयो ।
उक्त सम्मेलन यही सेप्टेम्बर ९ तारिखदेखि १६ सम्म हुँदैछ । उद्घाटनलगत्तै उहाँ आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 140