कनकाई । झापाको कनकाई नगरपालिका वडा नं ८ ले आफ्नो वडामा रहेका अतिविपन्न वर्गहरुको लागि राहत स्वरुप खाद्ययन्न वितरणको तयारी गरेको छ ।
कनकाई नगरपालिकामा स्थपना गरिएको कोरोना संक्रमण न्यूनीकरण तथा व्यवस्थापन कोष मार्फत उक्त राहत सामाग्री वितरण गर्न लागिएको वडाध्यक्ष प्रेमबहादुर कटुवालले बताए । कोषमा कनकाई नगरका जनप्रतिनिधी हरुले पनि एक महिनाको तलव भत्ता जम्मा गर्ने निर्णय गरेको पनि कटुवालले बताए ।
कनकाई ८ नम्बर वडामा टोल विकास संस्थाको सिफारिसमा एक सय ३९ घर परेका छन । दुईजनाको परिवार भएकालाई पहिलो चरणमा १० किलो चामल, एक किलो दाल, एक किलो नुन र पाँचसय ग्राम खानेतेल विरणको तयारी गरिएको छ । त्यसैगरी तिनजना परिवार भएकालाई १५ किलो र ३ देखि माथी संख्या रहेको परिवारलाई २० किलो चामल र अन्य सामाग्री सबैलाई बराबर गरि वितरण गर्न लागिएको हो ।
आजबाटै वितरहण सुरु गर्नकोलागी वडा कार्यलयमा धमाधम खाद्ययन्न प्याकिङको काम भईरहेको छ । प्याकिङलाई व्यवस्थित र छिटो गर्नको लागि वडाध्यक्ष प्रेमबहादुर कटुवाल, सदस्य सुनिता सिक्देल, राजनिती दलका प्रतिनिधीहरु नेपाली काँग्रेसबाट लिलाबहादुर कटुवाल, राप्रपाबाट केशवप्रसाद ओझा लगायतको सक्रिय सहभागिता रहेको छ ।
आवस्यक परेमा दोस्रो चरण पनि खाद्ययन्न वितरण गर्ने र वडामा कसैलाई भोकै रहन नदिने योजना रहेको बताईएको छ ।