Aamsanchar

हल्दीबारीको राहत कोषमा १० लाख ३९ हजार जम्मा, सबैसंग सहयोगको अपिल 

Author Image
आइतवार, चैत २३, २०७६


विश्वभर तीव्र गतिमा फैलिएको नोवेल कोरोना भाइरस  को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् अति-विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी गर्ने कामदार र मजदुरहरुलाई राहत वितरण गर्नका लागि हल्दीबारी गाउँपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा हालसम्म रु ९ लाख ८७ हजार २०० नगद र ५२ हजारको जिन्सी सामान गरी रु १० लाख ३९ हजार २०० बराबरको नगद तथा जिन्सी सहयोग जम्मा भएको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिएका छन् ।

साथै, राहत कोषमा आजै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) हल्दीबारीले रु ७० हजारको चेक र संस्थागत विद्यालयहरुको तर्फबाट रु ५४ हजार नगद सहयोग गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र उपाध्यक्ष डम्बर बहादुर गिरीलाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ ।

नेकपाका प्रतिनिधि र संस्थागत विद्यालयका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले अति(विपन्न, अशक्त, असहाय र दैनिक ज्यालादारी गर्ने घरपरिवारको नामावली वडा(वडामा संकलन र भेरिफिकेशन भइरहेको हुँदा यथाशीघ्र नामावली टुँगो लगाई राहत वितरण गर्ने योजनामा गाउँपालिका रहेको हुँदा सबैलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

राहत कोषमा हालसम्म गाउँपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम रु ३ लाख ६६ हजार, करार र ज्यालादारीका कर्मचारीहरुको १० दिनको तलव वापतको रकम रु ४ लाख ४७ हजार २००, सिम्रिक साकोसबाट रु ५० हजार, नेकपा हल्दीबारीबाट रु ७० हजार, हल्दीबारी गाउँपालिका क्षेत्रभित्रका संस्थागत विद्यालयहरुको तर्फबाट रु ५४ हजार र कर्णाली साकोसको तर्फबाट रु ५२ हजार बराबरको ९९ क्वीन्टल चामल र १ क्वीन्टल २० किलो दाल० राहत सहयोग गाउँपालिकाको राहत कोषमा जम्मा भएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर