घैलाडुब्बा । बिर्तामोड निवासी शेरबहादुर थापाले आज झापाको कन्काई नगरपालिका वडा नं.९ का विपन्न वर्ग परिवारलाई राहत बाडने काम गरेका छन ।
समाजसेवी तथा झापाका अव्बल निर्माण ब्यवसायी थापाले कन्काई नगरपालिका भित्रका बिपन्न मजदुरहरुलाई राहत बाढने क्रममा आज बिहिबार कनकाई–९को घैलाडुब्बा पुगेका हुन ।
आज सम्म कन्काई र अर्जुनधारा नगरपालिका भित्रका ९३० परिवार समक्ष राहत पुर्याई सकेको थापाले बताएका छन ।
लकडाउनको केही दिन देखिनै दिन रात नभनी राहत वितरण गर्दै हिडेकाका उनिले आफ्नो ब्यक्तिगत खर्चबाट ९३० र २११ परिवारलाई अरु संघ संस्था संग संयुक्त रुपमा सहयोग गरेको बताए ।
उनले हरेक परिवारलाई १० केजी चामल, १ केजी नुन, १ लिटर खानेतेल, १ केजी टमाटर, १ किलो दाल दिएर सहयोग छन । आज मात्र कनकाई ९ मा ३ सय परिवारलाई वडाकार्यालय, रेडक्रसको समन्वयनमा बितरण गरेका हुँन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 242