पात्रो र पातहरु फेरिनु पर्छ। बल्ल बहार आऊछ। पानी, जीवन र समय गतिशिल हुनुपर्छ । पात्रो फेरिनु समय गतिशिल हुनु हो। गति सधैं प्रगतिका हुंदैनन्। हामीले त बस् प्रगतिको कामनामात्रै गर्ने हो। पाईला चाल्ने आफैंले हो। होस् पुर्याएर हिड्नु नै प्रगतितर्फ लम्किनु हो।
यो नयाँ बर्ष २०७७ लाई हामिले नयाँ तौरतरिका ले आत्मसात गर्नु पर्ने भएको छ । म र तपाईंको सार्बभौमसत्ता को उनै परमात्मा भगवानलाइ धन्यबाद दिदै हाम्रो आफ्नो ,परिवारको ,समाज ,रास्ट्र र विश्व को बाकी जीवन संचालन र ब्यबस्थापन को जिम्मेवारी उनै परमात्मा भगवान लाई समर्पण गर्नु अत्यावश्यक भएको छ । आफू सदा सकारात्मक , रचनात्मक र उर्जाशिल हुँदै निरन्तर सक्रिय रहनुमा नै हामी सार्थक र सबल हुन सक्दछौ ।
जिन्दगीले एक सुनौलो अबसर दिएको छ तपाईलाइ यसले एक खुला मैदानमा छोडिदिएको छ जहाँ हरेक चिज मिल्छ अतस् जिन्दगी बाट जे जे लिन सक्नु हुन्छ लिनुस तपाईं किनकी जब जिन्दगिले लिन सुरु गर्छ तपाइको सास पनि छोड्दैन र मृत्यु आङ्गाल्नु पर्छ
हाम्रो जीवन परमात्मा भगवानको अमुल्य उपहार हो । हामीले कहिल्यै यस तर्फ सोचेनौ । परमात्माको आदेश र अनुमती बेगर हामी एक कदम पनि अघि बडन सकदैनै । हाम्रा श्वास प्रस्वास , गतिविधि र सबै भुमिकाहरु उनै परमात्मा द्वारा निर्देशित र नियन्त्रीत हुन्छ्न । हामी मानिस केबल मैले गरें मैले गराएं म मात्र ठिक अरु सबै बेठिक भने अहमता दंभ र घमण्ड भरिएको छौ । यो भ्रम मात्र हो ।
बाँच्नकै लागि देखिने अनेक सपनाहरूसँग जीवन बाच्नुको अनेकौं रहर कति काइदाका थिए । मानौं कि आकाशमा चम्किरहने तारा पनि मनको आँगनमै आएर चमक दिएको महसुस हुने ती दिनका शाहसी जीवनका दुश्साहसी मनलाई कहीँ आकाशमा ताराकै एक किनारामा अनेक सपनाहरू बोकि खडेरीले निर्थुक्कै खाएर डडेलोको संकेत गरिरहेका ती जीवनमा लक्ष्य प्राप्तिका अनेकौं सपनाकै बर्षातले ती जीवनहरुलाइ केही राहत प्रदान गरिँदो हो त आज यसरी आफैले देखेर आफै पालेका सपनाहरूसँग आफ्नै जीवन जोडेर सराप्नु पर्ने दिनसँग यतिसम्म पछुतोको साइरन जोडेर जीवन के हो रु भनी समयसँग प्रश्न गर्नु पर्ने बाध्यता खेप्नु पर्ने थिएन।
कहिलेकाही मलाइ याद आउँछ, त्यो बिहानी त्यो समयको जहाँ भागदैड,,, जहाँ सबैलाई हतार हुन्थ्यो, सबैले सोच्थए कतै ढिला हुनेत होइन !
मनमा एउटा उदेश्यको गाँठो बाधेर हरेक ब्याक्ती घर बाट बाहिर निस्कन्थे,सबैलाइ हतार हुन्थ्यो
तर अहिले कसैलाई हतार छैन !
त्यसैले समय भन्दा बलवान् कोहि छैन।
धेरै नयाँ बर्षहरु आए गए जीवनको दर्पण छायाँमा कति वसन्तहरु थाहै नपाई पार गरे हार र जीतको लुकामारी खेलमा आँफैलाई धेरै ठाउँमा तौलिए पाउनु र गुमाउनुको नियतिको खेलमा गुमाउनुको पिडा जती पाएँ त्यसैमा खुशीयाली मनाएँ जीवनका यात्राहरुले नयाँ मोडहरु भेट्टाएर नयाँ जीवन बन्न बाकी बनायो।
साल बदलिएको कथा त एक पछि अर्को समयले लेख्दिने रहेछ जब भित्तामा झुन्ड्याएको पात्रो सँगसँगै नयाँ जीवन र नयाँ बर्ष बदलिन्छ युग बदलिएको कहानी लेख्ने अवसर कहिलै जुरेन यो हप्ता महिना साल फेरिएको जस्तै युग फेरिने समय कहिलै आएन पर्ख कुनै एउटा समयले मेरा अभिलाषाहरु पक्कै ल्याउने छ अनि म पनि पठाउनेछु शुभ कामनाका संदेश